
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आज राजधानीमा परेड निकालेका छन्।
प्राइड परेडका रुपमा गाईजात्राको अवसरमा उनीहरुले आज र्याली निकालेका हुन्। पछिल्लो केही वर्षयता गाईजात्राको दिन यसरी परेड निकाल्ने गरिन्छ।



परेडमा यौनिक तथा लैंगिक अल्पसंख्यकका साथै उनीहरुको क्षेत्रमा काम गर्ने मानिसको सहभागिता थियो। यस्तै, अमेरिकी दूतावासका कर्मचारीको पनि सहभागिता थियो।



ठेमलबाट सुरु भएको र्याली वसन्तपुर हुँदै टुँडिखेलसम्म पुगेर समापन भएको थियो। ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा भएको यो परेडलाई अमेरिकी दूतावासले सहयोग गरेको थियो।







