
काठमाडौं । नेपालको लागि टाटा मोटर्सकोआधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर´ सार्वजनिक गरेको छ।
योजना अन्तर्गत अब जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधीको साथ ७० प्रतिशत सम्मको फाइनान्स सुविधा लिएर सजिलै विङ्गर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
मासिक ६० हजार रुपैयाँ देखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्न कम्पनीको दाबी छ। यो योजना अगस्ट महिनाभर उपलब्ध हुनेछ।
टाटा मोर्टसले हालै रि-लञ्च गरेको टाटा विङ्गर १३ प्लस डीबीएस६ नयाँ मोडेलको विङ्गर छोटो तथा लामो दूरीको लागि अन्यन्तै किफायती, आरामदायी तथा फाइदामुलक रहेको कम्पनीको दाबी छ।