कोठा भाडामा लिएर स्टोर गरी राखिएको करिब पाँच करोड रुपैयाँ बराबरको भेप बरामद

बिजमाण्डू
२०८१ साउन २५ गते १६:१२ | Aug 9, 2024
कोठा भाडामा लिएर स्टोर गरी राखिएको करिब पाँच करोड रुपैयाँ बराबरको भेप बरामद


काठमाडौं। प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा ल्याएको इलेक्ट्रिक सिगरेट (भेप) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शुक्रबार १५ हजार २ सय थान भेप बरामद गरेको हो।

Tata
GBIME
NLIC

पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरको कोठामा तलासी गर्दा उक्त परिमाणको भेप भेटिएको हो।

भारतको बिहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भेप भण्डारण गरी राखेको प्रहरीको अनुसन्धानमा देखिएको छ। प्रहरीले बरामद गरेको भेपको मूल्य ४ करोड ८६ लाख २४ हजार रुपैयाँ पर्छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।