पोजेटिभ सर्किट लागेका यी ६ कम्पनी, जसको नाजुक वित्तीय अवस्थाले जोखिममा लगानीकर्ता



सुनिल कुँवर
२०८१ साउन १७ गते २१:०१ | Aug 1, 2024
पोजेटिभ सर्किट लागेका यी ६ कम्पनी, जसको नाजुक वित्तीय अवस्थाले जोखिममा लगानीकर्ता

काठमाडौं। सेयर बजारमा बिहीबार ५.२९ अंकको करेक्सन आउँदा नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। कम्पनीको सेयर भाउ ९.९६ प्रतिशतले बढेर प्रति कित्ता २,१५४ रुपैयाँ पुग्यो।

Tata
GBIME
Zonsen

नेपाल फाइनान्सको सेयर मूल्य पछिल्लो एक वर्षमा २७० रुपैयाँबाट उकालो लागेर साढे २१ सय पुगेको हो। कम्पनीको वित्तीय विवरण अनुसार यो सेयर मूल्य स्वाभाविक होइन।

गत वर्ष चैतसम्मको वित्तीय विवरण हेर्दा यसको प्रति सेयर आम्दानी ०.२४ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १३४.८३ रुपैयाँ छ। अरू सूचक पनि राम्रो देखिंदैन। तैपनि सेयर मूल्यको उकालो यात्रा रोकिएको छैन।

सिटी होटलको प्रति सेयर आम्दानी ९.१८ रुपैयाँ ऋणात्मक छ। प्रति सेयर नेटवर्थ ९४.३६ रुपैयाँ छ। तर, कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर भाउ एक वर्षकै उच्च ९६५.८० रुपैयाँ पुगेको छ। कम्पनीको सेयर मूल्य एक वर्षमा ५०३ रुपैयाँसम्म झरेकामा अहिले निरन्तर उचालिएको छ।

शुभम् पावरको गत वर्ष तेस्रो त्रैमाससम्म प्रति सेयर आम्दानी ४.७० रुपैयाँ ऋणात्मक छ। प्रति सेयर नेटवर्थ ८७.२३ रुपैयाँ छ। यो भनेको कम्पनीको वित्तीय अवस्था निकै खराब हो। तर, कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर प्रति कित्ता ८६९ रुपैयाँ पुगेको छ।

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा पनि लगातार जसो सर्किट लागिरहेको छ। बिहीबार घटेको बजारमा पोजेटिभ सर्किट लाग्ने ८ कम्पनीमा प्रोग्रेसिभ फाइनान्स पनि पर्‍यो। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ६५७ रुपैयाँ पुगेको छ।

यो मूल्यलाई कम्पनीको वित्तीय अवस्थाले भने स्वाभाविक भन्दैन। गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर आम्दानी १२.९५ रुपैयाँ ऋणात्मक छ। प्रति सेयर नेटवर्थ ६७.२३ रुपैयाँ मात्रै छ। कम्पनीको हर वित्तीय विवरण कमजोर छ। तैपनि सेयर मूल्य भने उच्च रफ्तारमा बढिरहेको छ।

बिहीबार नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रति कित्ता ७०४ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर भाउ पछिल्लो एक वर्षकै सर्वाधिक हो।

पछिल्लो एक वर्षमा प्रति कित्ता सेयर मूल्य ३०३ रुपैयाँसम्म झरेको कम्पनीमा अहिले लगानीकर्ता मालामाल भएका छन्। कम्पनीको प्रति सेयर आम्दानी १३.९७ र प्रति सेयर नेटवर्थ ११६.३७ रुपैयाँ छ।

कुथेली बुखरी हाइड्रोपावर कम्पनीको गत वर्ष चैतसम्म प्रति सेयर आम्दानी १५.६१ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६०.७४ रुपैयाँ छ। तर, सेयर भाउ लगातार जसो सर्किट लगाएर प्रति कित्ता १,८६३ रुपैयाँ पुर्‍याइएको छ।

कम्पनीको सेयर भाउ एक वर्षमै ४७९ रुपैयाँसम्म झरेको थियो। अहिले त्यसको ४ गुणा हुनुपर्ने गरी कम्पनीले कुनै प्रगति गरेको छैन।

एक महिनायता निरन्तर बढ्दो बजारले लगानीकर्तामा उत्साह देखाएको छ। तर, वित्तीय अवस्था कमजोर भएकै कम्पनीको सेयर मूल्यमा भने अस्वाभाविक वृद्धिले कतिपय लगानीकर्ता मालामाल भए पनि महँगो मूल्यमा किन्नेहरूको लगानी भने जोखिममा परेको छ।

खराब वित्तीय अवस्था भएका कम्पनीले लगानीकर्तालाई प्रतिफल दिन सक्दैनन्। प्रतिफल दिन नसक्ने कम्पनीको मूल्य उकालो लागिरहन्छ भन्ने हुँदैन।

कम्पनीहरुको गत चैतसम्मको वित्तीय विवरण र बिहीबारको सेयर मूल्य

कम्पनीप्रति सेयर आम्दानी रुपैयाँप्रति सेयर नेटवर्थ रुपैयाँसेयर मूल्य
नेपाल हाइड्रो डेभलपर्स१३.९७११६.३७७०४
शुभम पावर-४.७०८७.२३८६९
सिटी होटल-९.१८९४.३६९६५.८०
कुथेली बुखरी साना जलविद्युत१५.६११६०.७४१८६३.४०
प्रोग्रेसिभ फाइनान्स-१२.९५६७.२३६५७.३०
नेपाल फाइनान्स०.२४१३४.८३२१५४