बालाजु अटोले नगदरहित दाबीका लागि गर्‍यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग सम्झाैता



बिजमाण्डू
२०८१ साउन १७ गते १७:१२ | Aug 1, 2024
बालाजु अटोले नगदरहित दाबीका लागि गर्‍यो आइजीआई  प्रुडेन्सियल इन्स्योरेन्ससँग सम्झाैता
नगदरहित दाबीका लागि सम्झौता गर्दै बालाजु अटो वर्कस र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधि

काठमाडौं। महिन्द्रा गाडीको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालि र अग्नि हायेर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेका छन्।

Tata
GBIME
Zonsen

बालाजु अटो वर्कस प्रालिका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झाैतामा हस्ताक्षर गरेका छन्।

यस समझौता पश्चात महिन्द्रा गाडीका ग्राहकले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने अग्नि ग्रुपले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।