BIZMANDU
www.bizmandu.com

बालाजु अटोले नगदरहित दाबीका लागि गर्‍यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग सम्झाैता

२०८१ साउन १७

बालाजु अटोले नगदरहित दाबीका लागि गर्‍यो आइजीआई  प्रुडेन्सियल इन्स्योरेन्ससँग सम्झाैता
बालाजु अटोले नगदरहित दाबीका लागि गर्‍यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग सम्झाैता

काठमाडौं। महिन्द्रा गाडीको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालि र अग्नि हायेर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेका छन्।

Tata
GBIME

बालाजु अटो वर्कस प्रालिका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झाैतामा हस्ताक्षर गरेका छन्।

यस समझौता पश्चात महिन्द्रा गाडीका ग्राहकले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने अग्नि ग्रुपले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।