गोविन्दराज जोशी सर्वोच्च अदालतबाट पनि भ्रष्टाचारी ठहर, ९ महिना जेल बस्नुपर्ने

बिजमाण्डू
२०८१ साउन १३ गते १८:४३ | Jul 28, 2024
गोविन्दराज जोशी सर्वोच्च अदालतबाट पनि भ्रष्टाचारी ठहर, ९ महिना जेल बस्नुपर्ने
गोविन्दराज जोशी


काठमाडौं। पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट पनि भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतको फैसला चित्त नबुझेर सर्वोच्च गएका जोशी त्यहाँबाट पनि भ्रष्टाचारी ठहर भएका हुन्।

Tata
GBIME
NLIC

सर्वोच्चले उनको कैद र जरिवाना रकम भने घटाएको छ। यसअघि विशेष अदालतले उनलाई डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार रुपैयाँ जरिवाना तोकेकामा सर्वोच्चले दुवे घटाइदिएको हो।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई ९ महिना कैदका साथै ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

मुद्दामा ४८औं पेसीपछि आइतबार फैसला भएको हो।

जोशीमाथि पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड ९३ लाख ६२ हजार रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले आफ्नो विपक्षमा फैसला गरेपछि जोशी २०६९ फागुनमा सर्वोच्च गएका थिए।

जोशी २०४८ देखि २०५९ सम्म सार्वजनिक पदमा थिए। त्यतिखेर उनले विभिन्न मितिमा शिक्षा, गृह लगायत मन्त्रालय सम्हालेका थिए।