सप्तकोशीको ४१ वटा ढोका खोलियो, नदी किनारमा सतर्कता अपनाउन आग्रह

बिजमाण्डू
२०८१ असार २३ गते ०७:०६ | Jul 7, 2024
सप्तकोशीको ४१ वटा ढोका खोलियो, नदी किनारमा सतर्कता अपनाउन आग्रह
हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा बढेको पानीको बहाव। तस्बिरः अरुणकुमार यादव / रासस

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।

Tata
GBIME

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ।