BIZMANDU
www.bizmandu.com

सप्तकोशीको ४१ वटा ढोका खोलियो, नदी किनारमा सतर्कता अपनाउन आग्रह

२०८१ असार २३

सप्तकोशीको ४१ वटा ढोका खोलियो, नदी किनारमा सतर्कता अपनाउन आग्रह
राजविराज, २२ असारः सप्तकोशी ब्यारेजमा पानीको बहाव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा बढेको पानीको बहाव । सप्तकोशीमा आज साँझ पानीको बहाव मापन गर्दा तीन लाख तीन हजार ८६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुरक्षाकर्मीले जनाएको छ । तस्बिरः अरुणकुमार यादव÷रासस

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।

Tata
GBIME

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ।