सेयर बजारमा लगातार गिरावट, नेप्से १८.७६ अंकले घट्दा ४ अर्ब ५ करोडको कारोबार

बिजमाण्डू
२०८१ असार ४ गते १५:२७ | Jun 18, 2024
सेयर बजारमा लगातार गिरावट, नेप्से १८.७६ अंकले घट्दा ४ अर्ब ५ करोडको कारोबार


काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ। नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दु कायम भएको छ।

Tata
GBIME

नेप्से पछिल्लो तीन कारोबार दिनमा ४५ अंकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन ९.३२ अंकले घटेको नेप्से आइतबार १७.०४ अंकले ओरालो लागेको थियो।

आइतबार कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ। बैंकिङ उपसमूहका लगानीकर्ताले सर्वाधिक १.१६ प्रतिशतले गुमाएका छन्।

कारोबारमा आएका ३१८ मध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ। २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका हुन्।

४० कम्पनीको सेयर मूल्य बढेको छ। समाज लघुवित्तको सेयर भूल्य १० प्रतिशतले बढेको छ।

बजारमा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच हुँदा बरुण हाइड्रोपावरको सर्वाधिक ११ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ।