
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ।
जेठ २८ गते बसेको संचालक समितिको बैठकले दुई आर्थिक वर्षको साधारण सभा गर्ने निर्णय गरेको हो। कम्पनीले २३ औं र २४ औं वार्षिक साधारणसभा असार १८ गते वीरगंजमा गर्न लागेको छ।
सभाले आर्थिक वर्ष २०७९/८० को हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत (कर प्नयोजन सहित ) का दरले हुन आउने एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार रुपैयाँको नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ।
कम्पनीको संचालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरुबाट ३ जना संचालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरुको तर्फबाट ३ जना संचालक तथा १ जना स्वतन्त्र संचालक हुने गरि समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभामा लगिनेछ। संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित सभाले गर्नेछ।
यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु पारित गर्नेछ।
यी दुई आर्थिक वर्षको वासलात,नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु उपर छलफल गरि स्वीकृत गर्ने सामान्य प्रस्ताव पनि रहेको छ।