BIZMANDU
www.bizmandu.com

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ, नयाँ मूल्य कुनको कति?

२०८१ जेठ २

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ, नयाँ मूल्य कुनको कति?
आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ, नयाँ मूल्य कुनको कति?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रति लिटर ७ र डिजेल र मट्टितेलमा प्रति लिटर ५ रुपैयाँले मूल्य घटाइएको छ।

Tata
GBIME
Nepal Life

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ।

समायोजित मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा प्रति लिटर १६८ रुपैयाँ ५० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँमा कारोबार हुनेछ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५१ रुपैयाँ ५० पैसा, दोस्रोमा १५३ र तेस्रोमा १५४ रुपैयाँ प्रति लिटरमा कारोबार हुनेछ।