आगामी वर्षको नीति कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव, जेठ १५ सम्मको समय

बिजमाण्डू
२०८१ बैशाख २८ गते १४:५१ | May 10, 2024
आगामी वर्षको नीति कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव, जेठ १५ सम्मको समय

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ।

Tata
GBIME
Nepal Life

सेबोनले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार, प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि सरोकारवालासँग सुझाव मागेको हो।

सुझाव जेठ १५ गतेभित्र पेस गर्न सकिने सेबोनले जनाएको छ। सेबोन धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियामक संस्था हो।