बनेपाको सान फर्निचर उद्योगमा आगोलागी, आठ घण्टापछि नियन्त्रणमा

बिजमाण्डू
२०८१ बैशाख २५ गते ०७:५४ | May 7, 2024
बनेपाको सान फर्निचर उद्योगमा आगोलागी, आठ घण्टापछि नियन्त्रणमा

काठमाडौं। काभ्रेको बनेपामा संचालित सान फर्निचर उद्योगमा भीषण आगोलागी भएको छ। सोमबार राति करिब साढे ९ बजेदेखि लागेको आगो मंगलबार बिहान ५ बजेतिर मात्र नियन्त्रणमा आएको हो।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्काले बताइन्।

‘आज बिहान ५ बजेतिर नियन्त्रणमा आएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,’ एसपी खड्काले भनिन्।

अहिलेसम्म आगलागीका कारण के कति क्षति भयो भन्ने खुलिसकेको छैन।

रोशन श्रेष्ठले संचालन गरेको फर्निचर उद्योगमा विद्युत सर्ट भएर आगोलागी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।