ग्लोबल आइएमई बैंकले बाजुरामा उद्यमशीलता प्रवर्धन गर्ने, बडीमालिका नगरसँग सम्झौता

बिजमाण्डू
२०८१ बैशाख २४ गते १८:४४ | May 6, 2024
ग्लोबल आइएमई बैंकले बाजुरामा उद्यमशीलता प्रवर्धन गर्ने, बडीमालिका नगरसँग सम्झौता
ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का सम्झौता गर्दै

काठमाडौं। ग्लोबल आइएमई बैंकले बाजुराको बडीमालिका नगरपालिकामा उद्यमशीलता प्रवर्धनका लागि सहयोग गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले उद्यमशीलता प्रवर्धनका लागि नगरपालिकाभित्रका उद्यमीलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने भएको हो। यस सम्बन्धमा बैंकले नगरपालिकासँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा सोमबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहनेहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ। यसबाट उद्यमशिलता र स्वरोजगार प्रवर्धन हुने बैंकको विश्वास छ।