विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रम आयोजना गर्दै एनबीआई

बिजमाण्डू
२०८१ बैशाख २४ गते १७:१५ | May 6, 2024
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रम आयोजना गर्दै एनबीआई

काठमाडौं। राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रम गर्ने भएको छ। सोही अवसरमा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मान पनि गरिनेछ।

Tata
GBIME
Nepal Life

जेठ २३ गतेका लागि तय भएको सो कार्यक्रम व्यवसायीक क्षेत्रलाई विपदको पूर्वतयारी, दिगोरूपमा व्यवसाय संचालन गर्न तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने उद्देश्यले गर्न लागिएको एनबीआईले जनाएको छ।

कार्यक्रममा सहभागी हुनेहरुलाई विपद व्यवस्थापनमा थप सजग बनाई मुलुक भित्र र विभिन्न मुलुकमा यस सम्बन्धी गरिँदै आएका सफल प्रयास, चुनौती र सिकाई आदानप्रदान गरिनेछ।

कार्यक्रम दुई सत्रमा संचालन हुने एनबीआईले जनाएको छ। पहिलो सत्रका दुईवटा प्यानल छलफलमा उत्थानशील अर्थतन्त्र निर्माणमा विपद् व्यवस्थापनको महत्व र विपद व्यवस्थापन तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको बढ्दो भूमिकाका बारेमा अन्तरक्रिया हुनेछ।

दोस्रो सत्रमा सम्मान कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेखनिय र प्रशंसायोग्य योगदान पुर्‍याएका ८ व्यवसायलाई सम्मान गरिनेछ।

कार्यक्रममा विपद् पूर्व तयारी तथा व्यवस्थापन उत्थानशीलता तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा इच्छुक र कार्यरत सरकारी निकायका प्रतिनिधिहरु, निजी क्षेत्रका संघ सस्था एवं उद्यमी व्यवसायी, गैरसरकारी निकाय तथा सञ्चार क्षेत्रका करिब ३०० जनाको सहभागिता रहन एनबीआईले जनाएको छ।