ठमेलको एलओडी विश्वका उत्कृष्ट क्लबको सूचीमा, डिजे म्यागले राख्यो ५०औं स्थानमा

बिजमाण्डू
२०८१ बैशाख २४ गते १६:४२ | May 6, 2024
ठमेलको एलओडी विश्वका उत्कृष्ट क्लबको सूचीमा, डिजे म्यागले राख्यो ५०औं स्थानमा

काठमाडौं। ठमेलस्थित एलओडी नाइट क्लब फेरि विश्वकै उत्कृष्ट क्लबको सूचीमा परेको छ। बेलायतस्थित डिजे म्यागले विश्वका उत्कृष्ट १०० क्लबको सूची सार्वजनिक गर्दै त्यसमा एलओडीलाई ५० औं स्थानमा राखेको हो।

Tata
GBIME
Nepal Life

यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लब छनोट गरी टप १०० क्लबको सूची सार्वजनिक गर्छ।

सन् २०२२ का लागि ५२ औं स्थानमा परेको क्लब यसपटक ५० औं स्थानमा पर्न सफल भएको क्लबका अध्यक्ष रूदीप बल्ल श्रेष्ठले जानकारी दिए।

रात्रीकालीन जीवन रुचाउने स्वदेशी तथा विदेशी पर्यटकका लागि एलओडी रोजाइको क्लबमा पर्छ। सरकारले वैशाख १ देखि ठमेललाई २४ घण्टा नै खुला गर्न अनुमति दिएपछि क्लबमा ग्राहकको संख्या बढेको श्रेष्ठले बताए।