डिजिटल बीमा लेख मार्गदर्शन जारी गर्दै प्राधिकरण, ‘बीमा लेख कोडिङ’ सुरु

बिजमाण्डू
२०८१ बैशाख २४ गते १६:१४ | May 6, 2024
डिजिटल बीमा लेख मार्गदर्शन जारी गर्दै प्राधिकरण, ‘बीमा लेख कोडिङ’ सुरु

काठमाडौं। नेपाल बीमा प्राधिकरणले डिजिटल बीमा लेख मार्गदर्शन जारी गर्ने तयारी गरेको छ। प्राधिकरणले बीमा व्यवसाय डिजिटल माध्यमतर्फ लैजान मार्गदर्शन जारी गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

डिजिटल बीमा लेख मार्गदर्शन जारी गर्ने विषयमा प्राधिकरणले आइतबार बिमकहरुसँग छलफल गरेको थियो। प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले छलफलमा बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेखको आवश्यकता भएको बताए।

‘भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैं हुन्छ, जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एक मात्र माध्यम भनेको बीमा हो,’ उनले भने, ‘संसद्, संसदीय समिति, सरकार, राजनीतिक दल लगायत सबैले बीमाबारे बुझेपछि मात्र यस क्षेत्रको विकास र पहुँच विस्तारले तीब्रता पाउँछ, त्यसतर्फ सबै लाग्नुपर्छ ।’

प्राधिकरण क्रमिक रूपमा डिजिटलाइजेसनमा अगाडि बढिरहेकोले बीमा कम्पनी पनि त्यसतर्फ लाग्नु पर्ने उनको भनाइ थियो।

प्राधिकरणले हरेक बीमा लेखलाई कम्प्युटर प्रणालीका माध्यमबाट कोडिङ नम्बर दिने कार्य ‘बीमा लेख कोडिङ’ सुरु गरेको छ।

बीमा लेख कोडिङ कार्यान्वयनबाट प्रत्येक बीमा लेखको छुटाछुट्टै कोड नम्बर हुन्छ। कम्प्युटर प्रणालीबाट नै कोड नम्बर तय हुने प्राधिकरणको भनाइ छ। उसले आफ्नो र बीमा कम्पनीका वेभसाइटबाट कोड नम्बरका आधारमा बीमालेखबारे समग्र जानकारी प्राप्त गर्न सकिने जनाएको छ।