आन्तरिक किचलोको मारमा नेकपा एकीकृत समाजवादी, सारियो केन्द्रीय र स्थायी कमिटी बैठक

बिजमाण्डू
२०८१ बैशाख २४ गते १५:५४ | May 6, 2024
आन्तरिक किचलोको मारमा नेकपा एकीकृत समाजवादी, सारियो केन्द्रीय र स्थायी कमिटी बैठक

काठमाडौं। आन्तरिक किचलोका कारण नेकपा एकीकृत समाजवादीको बैठक नै प्रभावित भएको छ। सत्ता गठबन्धनमा रहने/नरहने विवाद चर्किएपछि यसअघि तय बैठक सारिएको छ।

Tata
GBIME
Nepal Life

वैशाख २६ गतेका लागि बोलाइएको स्थायी कमिटी, २७ गतेको पोलिटब्युरो तथा २८ र २९ गतेका लागि तय केन्द्रीय कमिटी बैठक केही दिन धकेलिएको हो।

स्थायी कमिटी बैठक वैशाख २९, पोलिट्ब्युरो ३० तथा केन्द्रीय कमिटी बैठक वैशाख ३१ र जेठ १ गते बस्ने तय भएको नेकपा एकीकृत समाजवादीको सचिवालयले जनाएको छ।

अध्यक्ष माधव नेपाल पक्ष गठबन्धनसँग रुष्ट छ भने सम्मानित नेता झलनाथ खनाल पक्ष अहिलेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा छ।

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) आइतबार विभाजित भएको थियो।