इसेवाका सबै सेवाहरु पूर्ण संचालनमा आयो, प्राविधिक समस्या समाधान

बिजमाण्डू
२०८१ बैशाख २४ गते १५:४८ | May 6, 2024
इसेवाका सबै सेवाहरु पूर्ण संचालनमा आयो, प्राविधिक समस्या समाधान

काठमाडौं । प्राविधिक कारणले अवरुद्ध भएको इसेवाको संचालन फेरि संचालनमा आएको छ।

Tata
GBIME
Nepal Life

आज दिउँसो कम्पनीका सेवाहरु अस्थायी रपमा अवरुद्ध भएको थियो।

कम्पनीले प्राविधिक टोलीले समस्या समाधानको गरेपछि सेवाहरु सुरु भएको जनाएको हो।

१४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।

हाल इसेवाका देशभर करिब १ लाख ८५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।