प्राविधिक कारणले इसेवाको सेवाहरु अस्थायी रुपमा अवरुद्ध, समस्या समाधानको प्रयास हुँदै

बिजमाण्डू
२०८१ बैशाख २४ गते १५:०२ | May 6, 2024
प्राविधिक कारणले इसेवाको सेवाहरु अस्थायी रुपमा अवरुद्ध, समस्या समाधानको प्रयास हुँदै

काठमाडौं । प्राविधिक कारणले इसेवाको संचालन अवरुद्ध भएको छ। कम्पनीले केही समयका लागि सेवाहरु अस्थायी रपमा अवरुद्ध भएको सूचनामार्फत जानकारी दिएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले आफ्नो प्राविधिक टोलीले समस्या समाधानको प्रयास गरिरहेको जनाएको छ। कम्पनीले आफ्ना ग्राहकहरुलाई धैर्यता राख्न आग्रह गर्दै सेवा छिट्टै सुरु हुने जनाएको छ।

१४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।

हाल इसेवाका देशभर करिब १ लाख ८५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।