सभामुख घिमिरे बल्ल ताते, अधिवेशनको मुखमा राखे ५ दलका शीर्ष नेताको बैठक

बिजमाण्डू
२०८१ बैशाख २४ गते १२:४९ | May 6, 2024
सभामुख घिमिरे बल्ल ताते, अधिवेशनको मुखमा राखे ५ दलका शीर्ष नेताको बैठक
सभामुखले राखेको बैठक। फाइल तस्वीर

काठमाडौं। सभामुख देवराज घिमिरेले विभिन्न ५ दलका शीर्ष नेताको बैठक राखेका छन्।

Tata
GBIME
Nepal Life

उनले संसद्को बर्खे अधिवेशन वैशाख २८ गते सुरु हुन लागेको पृष्ठभूमिमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलमा बोलाएका हुन्।

सभामुखको सचिवालयका अनुसार बैठक मंगलबार बिहान साढे ११ बजेका लागि तय गरिएको छ। अधिवेशन सुरू हुनुअघि सहमति जुटाउने प्रयासस्वरुप सभामुखले शीर्ष नेताको बैठक राखेका हुन्।

सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले अघिल्लो अधिवेशनमा अवरोध गरेको थियो।

अघिल्लो अधिवेशन वैशाख २ गते अन्त्य भएकामा सभामुखले बल्ल सहमति जुटाउने प्रयासका लागि बैठक राखेका हुन्।