सुनचाँदी कारोबार मूल्यमा सामान्य वृद्धि, सुन तोलामा २ सय र चाँदी २० रुपैयाँ बढ्यो

बिजमाण्डू
२०८१ बैशाख २४ गते १०:५६ | May 6, 2024
सुनचाँदी कारोबार मूल्यमा सामान्य वृद्धि, सुन तोलामा २ सय र चाँदी २० रुपैयाँ बढ्यो

काठमाडौं। साताको दोस्रो दिन सुनचाँदीको कारोबार मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा २ सय र चाँदी २० रुपैयाँले बढेको छ।

Tata
GBIME
Nepal Life

सोमबार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ३५ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैयाँ थियो।

आइतबार घटेको चाँदीको मूल्य पुनः बढेको छ। सोमबार २० रुपैयाँले बढेर प्रति तोला एक हजार ६ सय ६० रुपैयाँ भएको छ। गत साताको अन्तिम दिनका तुलनामा ५ रुपैयाँ घट्दा आइतबार तोलाको एक हजार ६ सय ४० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। आइतबार प्रतिऔंस २३०२.५७ डलर रहेको सुन सोमबार २३०९.९ डलरले कारोबार भइरहेको छ।

चाँदी प्रति औंस २६.५६ डलर छ। अघिल्लो दिन २६.५६ डलरमा कारोबार भएको थियो।