सिटिजन लाइफको २८.४ प्रतिशत लाभांश घोषणा, नगद र बोनस सेयर कति?

बिजमाण्डू
२०८१ बैशाख २४ गते १०:३० | May 6, 2024
सिटिजन लाइफको २८.४ प्रतिशत लाभांश घोषणा, नगद र बोनस सेयर कति?

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयर प्रिमियम रकमबाट बोनस सेयर लाभांश दिने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

सिटिजनको हाल चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैंया छ। बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।