
काठमाडौं । तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।
उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित सम्बोधन गरे।
सम्मेलन भइरहेको सोल्टी होटलमा धेरै संख्यामा मानिसको उपस्थिति छ।

समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित छन्।
उद्घाटन सत्रमा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवम् उद्योग मन्त्री पियुष गोयल, संयुक्त अधिराज्य (युके) का विदेश, कमनवेल्थ वेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ वेल्थ एन्ड डेभलपमेन्ट अफिसको विकास तथा अफ्रिका क्षेत्र हेर्ने राज्यमन्त्री एन्ड्रयु मिचेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।





