बाल अस्पताल बनाउन सोल्टी होटलको ७५ लाख सहयोग, डा. कोइरालालाई दिइयो चेक

बिजमाण्डू
२०८० फागुन १६ गते १५:१५ | Feb 28, 2024
बाल अस्पताल बनाउन सोल्टी होटलको ७५ लाख सहयोग, डा. कोइरालालाई दिइयो चेक

काठमाडौं। सोल्टी होटलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पतालका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ।

होटलले काठमाडौंमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पताल र झापाको दमकमा बाल अस्पतालको भौतिक पूर्वाधार निर्माण गर्न आर्थिक सहयोग गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ७५ लाख रुपैयाँ सहयोग गरेको होटलले जनाएको छ।

Tata
GBIME

होटलका कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्टले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

अध्यक्ष विष्टले बालबालिकामा हुने जटिल एवं गम्भीर प्रकृतिका रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले निर्माण गर्न लागिएको अस्पताललाई सहयोग गर्न पाउनु होटलका लागि गौरवको विषय भएको बताएको होटलले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।