टाटाको ‘एक्सचेञ्ज विद लभ’ कार्यक्रम : पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

बिजमाण्डू
२०८० माघ २६ गते १२:५१ | Feb 9, 2024
टाटाको ‘एक्सचेञ्ज विद लभ’ कार्यक्रम : पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने


काठमाडौं। नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले भ्यालेन्टाइन डे लाई लक्षित गरी ‘एक्सचेञ्ज विद लभ’ कार्यक्रम आयोजना गरेको छ। शुक्रबार सुरु भएको कार्यक्रम ३ दिन चल्नेछ।

Tata
GBIME
Nepal Life

यो कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन र टियागो इभी लगायत गाडी साट्न सकिने कम्पनीले जनाएको छ।

अत्याधुनिक सवारीप्रतिको ग्राहकको चाहनालाई मध्यनजर गरी कार्यक्रम गरिएको कम्पनीको भनाइ छ। ग्राहकले टाटाका देशभरिका शोरुममा गाडी साट्न सक्नेछन्।

यो कार्यक्रम अन्तर्गत ग्राहकले टेष्ट ड्राइभ पनि गर्न पाउनेछन्। गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, इभी गाडीका लागि फास्ट चार्जर नि:शुल्क, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ पाउनेछन्।