त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्टलिस्ट, कुशुम शाक्यसँगै को को भए छनोट?

बिजमाण्डू
२०८० माघ २६ गते ०७:२७ | Feb 9, 2024
त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्टलिस्ट, कुशुम शाक्यसँगै को को भए छनोट?


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकाहरु मध्ये १४ जनाको ‘सर्टलिस्ट’ गरेर प्रकाशन गरिएको छ। शिक्षा मन्त्रालयको बेवसाइटमा वर्णानुक्रम अनुसार छनोट भएका उम्मेदवारहरुको नाम प्रकाशन गरिएको हो।

Tata
GBIME

सूचनामा प्रस्तुतीकरण र अन्तर्वाताका लागि पहिलो नम्बरमा कुशुम शाक्य रहेकी छिन्। उनी हाल समाजशास्त्र तथा मानवीय संकायकी डिन हुन्।

प्रस्तुतीकरण र अन्तर्वाताका लागि छनोट भएकामा केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल र टंकनाथ धमला छन्। यस्तै, तीर्थराज खनियाँ, नारायण प्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचनद्र बस्नेत, शिवलाल थापा र सूर्यबहादुर थापा पनि छनोट भएका छन्।

छनोट भएका उम्मेदवारहरुका लागि माघ २९ र फागुन १ र २ गते  सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीको तालिका तय गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भागबन्डामा उपकुलपति नियुक्ति नगर्ने घोषणा गरेपछि यसपटक उपकुलपतिका लागि सूचना निकाले आवेदन माग गरिएको थियो। हाल त्रिवि निमित्त उपकुलपतिको भरमा संचालन भइरहेको छ।