शाहरुखको ‘डंकी’सँग भिडिरहेको प्रभासको ‘सलार’ले कस्तो गरिरहेको छ व्यापार ?

बिजमाण्डू
२०८० पुष ८ गते १२:४३ | Dec 24, 2023
शाहरुखको ‘डंकी’सँग भिडिरहेको प्रभासको ‘सलार’ले कस्तो गरिरहेको छ व्यापार ?

भारतीय अभिनेता प्रभासको फिल्म ‘सलार’ ले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। शुक्रबार रिलिज भएको सो फिल्मले भारतमा मात्रै ९० करोड ७० लाख भारतीय रुपैयाँको कारोबार गरेको थियो।

Tata
GBIME
Nepal Life

शनिबार भारतमा सलारले ५५ करोड भारतीय रुपैयाँ कमाएको छ। हाल भारतमा सलारको बक्स अफिस कलेक्सन १४५ करोड ७० लाख भारतीय रुपैयाँ रहेको छ।

शुक्रबार विश्वभरबाट १७८.७ करोड भारतीय रुपैयाँ कमाएको सो फिल्मले शनिबार १०६ करोड भारतीय रुपैयाँ कमाएको फिल्म ट्रेड एक्सपर्टहरुले बताएका छन्।

सलार हाल भारतीय सुपरस्टार शाहरुख खानको फिल्म डंकीसँग प्रतिस्पर्धा गरिरहेको छ। रिलिज भएको तेस्रो दिन शनिबार डंकीले भारतमा २५ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको छ। शनिबार सो फिल्मको हिन्दी भर्सनको अक्युपेन्सी मात्र ४९.७१ प्रतिशत रहेको जनाइएको छ।

ओपनिङ डेमा डंकीले २९ करोड २० लाख भारतीय रुपैयाँ र शुक्रबार २० करोड ५० लाख भारतीय रुपैयाँ कमाएको थियो। ३ दिनमा डंकीले भारतमा ७४ करोड ८४ लाख भारतीय रुपैयाँ कमाएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

डंकीले विश्वभरबाट पहिलो दिन ५८ करोड भारतीय रुपैयाँ, दोस्रो दिन ४५.४ करोड भारतीय रुपैयाँ कमाएको छ।

भारतीय फिल्म विश्लेषकहरुका अनुसार डंकीले क्रिसमस सप्ताहमा ८० करोड भारतीय रुपैयाँ कमाउने विश्लेषण गरेका छन्। यस्तै सलारले भने पहिलो साता ३७० करोड भारतीय रुपैयाँ कमाउने विश्लेषण गरिएको छ। क्रिसमसको दिन गणना गर्ने हो भने सलारले ४३० करोड भारतीय रुपैयाँसम्म कमाउने अनुमान गरिएको छ।