काठमाडौंको सानदार पुनरागमन, अग्रता बनाएको पोखरा पराजित

बिजमाण्डू
२०८० मंसिर २५ गते २०:३५ | Dec 11, 2023
काठमाडौंको सानदार पुनरागमन, अग्रता बनाएको पोखरा पराजित


काठमाडौं। काठमाडौँ रेजर्सले पोखरा थण्डर्सलाई हराएको छ। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा काठमाडौंले पोखरामाथि २-१ गोलको पुनरागमन जित निकालेको हो।

Tata
GBIME
NLIC

पहिलो हाफमा राम्रो दवाब बनाएको पोखरा थण्डर्सले अग्रता लिन भने दोस्रो हाफ कुर्नु पर्‍यो। खेलको १४ औँ मिनेटमा मोसेस टुमको प्रहार  काठमाडौँका कप्तान अन्जन राईलाई लागेर बाहिरिएको थियो।

१८औँ मिनेटमा पुन पोखराका लागि मोसेसको प्रहार काठमाडौँका गोलरक्षक एन्जल श्रेष्ठले बिफल पारे।

काठमाडौँले पहिलो राम्रो अवसर सिर्जन गर्न कै लागि २९औँ मिनेट कुर्नु परेको थियो। काठमाडौँका लागि सोखरुखले करिब २५ यार्डबाट प्रहार गरेको फ्रिकिकलाई पोखराका गोलरक्षक प्रिसोले जोगाए।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।

५९ औँ मिनेटमा पोखराले अग्रता बनायो। पोखराको लागि मार्की प्लेयर आयुष घलानले गोल गरे। स्टेफेन पापाको लङ रेन्ज सट काठमाडौँका गोलरक्षक एन्जल श्रेष्ठले राम्रोसँग नियन्त्रणमा लिन नसकेको अवस्थामा रिबाउन्डमा आएको बललाई आयुषले गोल गरि खेलमा पोखरालाई अग्रता दिलाए।

तर, काठमाडौं खेलमा फर्कन सफल भयो।

 ८३औँ मिनेटमा काठमाडौँका लागि एन्केङगुइ जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यस्तै इन्ज्युरी समयमा शोखरुख एमले गोल गर्दै काठमाडौंको जित सुनिश्चित गरे।

योसँगै पोखराको अपराजित यात्रा टुंगिएको छ। पाँच खेल खेल्दा २ जित, २ बराबरी र १ हार ब्यहोरेको छ। शीर्षस्थानमा ९ अंक जोडेको ललितपुर सिटी रहँदा दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका धनगढी एफसी, काठमाडौं रेजर्स र पोखरा थण्डर्सको समान ८ अंक छ।

हारपछि पोखराका प्रशिक्षक नवीन न्यौपानेले धेरै अवसरहरु सिर्जना गरेर पनि फिनिसिङमा चुक्दा हार ब्यहोर्नुपरेको बताए।

‘उनीहरुले हाइप्रेसर गरेपछि डिसब्यालेन्स भयो। गोलकिपर अघि बढेपछि दोस्रो गोल लाग्यो। नलाग्नुपर्ने गोल लाग्यो।’ उनले भने।

त्यस्तै काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले फुटबल कुनै पनि समय बदलिन सक्ने भएको भन्दै इन्ज्युरी समयमा जित निकालिरहेको बताए।

‘आज कुनै पनि हालतमा जित्नु थियो टप फोरमा पुग्नका लागि। पोखराले नराम्रो खेलेको होइन। हामीलाई लकले पनि साथ दियो। दुईवटा गोलभइसकेको बल क्लियर भयो।’ उनले भने।

काठमाडौंको हालसम्मको नतिजा

काठमाडौं रेजर्स १-० स्पोर्टिङ इलाम

गोल गर्ने खेलाडी: राजीव लोप्चन (काठमाडौं रेजर्स)

काठमाडौं रेजर्स १-१ एफसी चितवन

गोल गर्ने खेलाडी: जुनियर एनगुने (काठमाडौं), विमल घर्तीमगर (एफसी चितवन)

काठमाडौं रेजर्स ०-० झापा एफसी

बुटवल लुम्बिनी एफसी २-१ काठमाडौं रेजर्स

गोल गर्ने खेलाडी: स्टेफेन बिनोङ, एरिक विष्‍ट (बुटवल लुम्बिनी), राजीव लोप्चन (काठमाडौं रेजर्स)

पोखरा थण्डर्स १-२ काठमाडौं रेजर्स

गोलगर्ने खेलाडी: आयुष घलान (पोखरा), जुनियर एन्केन्गुइ, शोखरुख एम

पोखराको हालसम्मको नतिजा

पोखरा थण्डर्स १-० एफसी चितवन

गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)

ललितपुर सिटी एफसी ०-० पोखरा थण्डर्स

झापा एफसी १-१ पोखरा थण्डर्स

गोल गर्ने खेलाडी: सामन्दर ओचिलोभ (झापा), मोसेस ट्वुम (पोखरा)

स्पोर्टिङ इलाम ०-१ पोखरा थण्डर्स

गोल गर्ने खेलाडी: सञ्जीव विष्‍ट (पोखरा)

पोखरा थण्डर्स १-२ काठमाडौं रेजर्स

गोलगर्ने खेलाडी: आयुष घलान (पोखरा), जुनियर एन्केन्गुइ, शोखरुख एम