एमच्यामको अध्यक्षमा श्रेष्ठ निर्वाचित, ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउने

बिजमाण्डू
२०८० मंसिर २५ गते १२:०५ | Dec 11, 2023
एमच्यामको अध्यक्षमा श्रेष्ठ निर्वाचित, ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउने


काठमाडौं। अमेरिकी लगानीमा नेपालमा संचालित व्यवसायका प्रतिनिधिहरुको छाता संगठन अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।

Tata
GBIME
NLIC

संस्थापक अध्यक्ष अजीतविक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै संस्थाको आइतबार भएको वार्षिक साधारणसभाले मेटलाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स) कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

आफ्नो कार्यकालमा ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउने योजना रहेको उनले बताएका छन्। आफू नेतृत्वको टिममा ऊर्जाशील पदाधिकारी तथा सदस्यहरू रहेको जनाउँदै उनले सांगठनिक र व्यवसायिक हितका लागि काम गर्ने जानकारी दिए।

लगानी तथा उद्यम सम्बन्धित विभिन्न सम्मेलनहरू नेपाल तथा अन्य मुलुकमा आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा मेलाहरुमा सहभागी हुने बताए।

सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएको जनाइएको छ।

संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्ने जनाएको छ।