ग्लोबल आइएमई बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ४ नयाँ शाखा, कहाँ-कहाँ खुले कार्यालय?

बिजमाण्डू
२०८० मंसिर २५ गते १०:२५ | Dec 11, 2023
ग्लोबल आइएमई बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ४ नयाँ शाखा, कहाँ-कहाँ खुले कार्यालय?


काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
NLIC

बैंकले काठमाडौंको बुढानिलकण्ठ, दहचोक, चितवनको शरदपुर र तनहुँको आँबूखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पुर्ण बैंकिङ सेवाहरु सुरु गरिएको बैंकले जनाएको छ।

बैंक देशको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।