चरम मन्दीमा रहेको अर्थतन्त्रलाई ‘सक ट्रिटमेन्ट’ दिने अर्जेन्टिनाका नयाँ पपुलिस्ट राष्ट्रपतिको घोषणा

बिजमाण्डू
२०८० मंसिर २५ गते १०:१४ | Dec 11, 2023
चरम मन्दीमा रहेको अर्थतन्त्रलाई ‘सक ट्रिटमेन्ट’ दिने अर्जेन्टिनाका नयाँ पपुलिस्ट राष्ट्रपतिको घोषणा
Photo : AP


अर्जेन्टिनाका नयाँ राष्ट्रपति हाभियर मिलेले चरम मन्दीबाट गुज्रिरहेको अर्थतन्त्रलाई ‘सक ट्रिटमेन्ट’ दिने बताएका छन्। राष्ट्रपति पदको सपथ लिएपछि उनले देशको अर्थव्यस्थाप्रति चिन्ता व्यक्त गर्दै नीतिगत सुधारका प्रयास गर्ने बताएका हुन्।

Tata
GBIME
NLIC

सम्बोधनका क्रममा उनले देशसँग पैसा नभएको भन्दै सरकारको खर्च घटाउने र बजेट घाटालाई पनि कम गर्ने बताए। त्यसका लागि कठोर निर्णय लिने संकेत गर्दै उनले ‘सक ट्रिटमेन्ट’को आवश्यकता रहेको बताएका हुन्।

पपुलिस्ट नेताका रुपमा हेरिएका हाभियरले अप्रत्यासित सरुमा गत नोभेम्बरमा भएको निर्वाचनमा विजयी हासिल गरेका थिए। उनले निर्वाचनकै बेला अर्जेन्टिनाको खराब अर्थतन्त्रलाई सुधार्न प्रयास गर्ने वाचा गरेका थिए।

सपथपछि ब्रुनो एरिसमा आयोजित विशालसभामा उनले शुभचिन्तकसँग खुसी बाँडेका थिए। त्यसैक्रममा उनले अर्जेन्टिनामा दशकौंदेखिको ‘लक्जरी’ जीवनशैलीलाई परिवर्तन गर्ने बताए। हाल अर्जेन्टिनामा आर्थिक मन्दीको प्रभाव १४० प्रतिशतभन्दा माथि छ।

‘ बटमलाइन भनेको खर्च कटौतीको कुनै विकल्प छैन। र, सक ट्रिटमेन्टको विकल्प पनि छैन,’ उनले आउने दिनमा आर्थिक संकटको प्रभाव बढ्ने भन्दै भने।

उनलाई अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिकका पूर्व राष्ट्रपति जैर बोलसोनारोसँग तुलना गर्ने गरिन्छ। उनले चुनावी सभाका क्रममा हतियार राख्न पाउने कानुनलाई खुलुको गर्ने र गर्भपतनलाई रोक्ने भनेका थिए।  जलवायु परिवर्तनले पारेको असर र त्यसको रोकथाममा पनि उनी त्यति सकारात्मक छैनन्।

अन्तर्राट्रिय मुद्रा कोषका अनुसार अर्जेन्टिनाको अर्थतन्त्र हाल ‘डिप रिसेसन’मा छ। त्यहाँको गरिबी ४० प्रतिशतले बढेको छ।