यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई हराउन २६२ रन बनाउनुपर्ने

बिजमाण्डू
२०८० मंसिर २४ गते १५:२४ | Dec 10, 2023
यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई हराउन २६२ रन बनाउनुपर्ने
तस्बिर: एसीसी


काठमाडौं। यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई हराउन २६२ रन बबनाउनुपर्ने भएको छ। समूह ‘ए’ को खेलमा अफगानिस्तानले आइतबार ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनायो।

Tata
GBIME
NLIC

टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि जम्सिद जार्डनले शतक प्रहार गरे। १५१ बलमा १०६ रन बनाएपछि उनी रिटायर्ड हर्ट भए। लामो समय क्रिजमा टिकेका उनले चोटका कारण पूरा समय खेल्न सकेनन्।

नेपाललाई पहिलो सफलता गुल्सन झाले दिलाएका थिए। गुल्सनले १५ रन बनाएका वाफिउल्लाह तराखिललाई १.५ ओभरमा देव खनालबाट क्याचआउट गराए।

दोस्रो विकेटका रुपमा १० रन बनाएका अर्का ओपनर खालिद तनिवाल बाहिरिए। उनलाई ६.२ ओभरमा हेमन्त धामीले गुल्सनबाट क्याचआउट गराए। लगत्तै आएका अर्का ब्याट्स्यमान अक्रम मोहम्मज्दाइ पनि हेमन्तकै अर्को बलमा गोल्डन डक हुन पुगे। ६.३ ओभरमा ३ विकेट गुमाएर ३३ रन बनाएको अफगानिस्तान त्यसपछि खेलमा सम्हालियो।

चौथो विकेटका लागि नेपाली बलरले संघर्ष गरे। यसक्रममा रहिमुल्लाह जुर्मती र जम्सिदले १२९ बलमा ८१ रनको साझेदारी गर्दै अफगानी इनिङ्स उकासे। ३५ रन बनाएका रहिमुल्लाहलाई दीपेश कँडेलले २७.६ ओभरमा सुवास भण्डारीबाट क्याचआउट गराए।

तर, जम्सिद नेपालका लागि चुनौती बनिरहे। उनले नुमन शाह आघासँग रहिमुल्लाहसँगको भन्दा ठूलो साझेदारी गरे। यी दुईजनाले ८२ बलमा ९७ रनको साझेदारी गरे। ४१ बलमा ६० रन बनाएका नुमन ४१.४ ओभरमा सुवास भण्डारीको बलमा दीपेशबाट क्याचआउट भए।

उनी पछिका आएका मोहम्मद युनिस २ रन बनाएर सुवासको बलमा क्याच आउट हुँदा अर्का ब्याट्सम्यान खलिल अहमद ४६.३ ओभरमा आकाश चन्दबाट बोल्डआउट भए। उनले १३ रन बनाए। नसीर खान रनआउट भए। फरिदुन दाउजजाइ गुल्सनको बलमा बोल्डआउट भए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।