एनएसएलको शीर्ष स्थानमा पुग्ने होडमा ललितपुर सिटी, आज साँझ एफसी चितवनसँग भिड्दै

बिजमाण्डू
२०८० मंसिर २४ गते १२:०३ | Dec 10, 2023
एनएसएलको शीर्ष स्थानमा पुग्ने होडमा ललितपुर सिटी, आज साँझ एफसी चितवनसँग भिड्दै


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र ललितपुर सिटी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे खेल सुरु हुनेछ।

Tata
GBIME
NLIC

जारी लिगमा अपराजित टोलीमध्ये एक हो ललितपुर। ४ खेल खेल्दा पहिलोमा जित निकालेको ललितपुरले त्यसपछिका खेलमा लस्करै बराबरी खेलेको छ। ६ अंक जोडेको ललितपुर तालिकाको चौथो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लने छ ललितपुर। हाल समान ८ अंक जोडेर धनगढी एफसी र पोखरा थण्डर्स तालिकाको शीर्ष दुई स्थानमा छन्।

त्यस्तै, हारबाट लिगको सुरुवात गरेको एफसी चितवनको पछिल्ला खेलहरुमा लय जम्दै गएको देखिन्छ। ४ खेल खेल्दा १ जित, २ बराबरी र १ हार ब्यहोरेको चितवनको अंकतालिकामा ५ अंक छ। आजको खेलमा जित निकालेको खण्डमा चितवनको ८ अंक हुनेछ। जुन शीर्ष दुईमा रहेका धनगढी एफसी र पोखरा थण्डर्ससँग बराबरी हो।

ललितपुरले बुटवल लुम्बिनीलाई २-० गोलले हराए यता सबै खेलमा बराबरी खेलेको छ। यसक्रममा पोखरा थण्डर्स र धनगढी एफसीसँग गोलरहित बराबरी खेलेको ललितपुरले वीरगंजसँग २-२ गोलको बराबरी खेलेको थियो। त्यस्तै पोखरासँग १-० गोलको हार ब्यहोर्दै लिगको सुरुवात गरेको चितवनले काठमाडौं रेजर्स र बुटवल लुम्बिनीसँग १-१ गोलको बराबरी खेल्दा वीरगंज युनाइटेडलाई २-१ गोलअन्तरले हराएको थियो।

ललितपुरको हालसम्मको नतिजा

ललितपुर सिटी एफसी २-० बुटवल लुम्बिनी एफसी

गोल गर्ने खेलाडी: अनन्त तामाङ, दिनेश हेन्जन

ललितपुर सिटी एफसी ०-० पोखरा थण्डर्स

धनगढी एफसी ०-० ललितपुर सिटी एफसी

ललितपुर सिटी एफसी २-२ वीरगंज युनाइटेड

गोल गर्ने खेलाडी: इमोह इजेकेएल, निखिल कदम (ललितपुर), विलियम ओपोकु, क्रिपा कान्त महतो (वीरगंज)

चितवनको हालसम्मको नतिजा

पोखरा थण्डर्स १-० एफसी चितवन

गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)

काठमाडौं रेजर्स १-१ एफसी चितवन

गोल गर्ने खेलाडी: जुनियर एनगुने (काठमाडौं), विमल घर्ती मगर (एफसी चितवन)

वीरगंज युनाइटेड १-२ एफसी चितवन

गोल गर्ने खेलाडी: एइकिन्स के बाफोउर (वीरगंज), विमल घर्ती मगर, टोरिक जेब्रिन (एफसी चितवन)

एफसी चितवन १-१ बुटवल लुम्बिनी एफसी

गोल गर्ने खेलाडी : उत्सव राई (एफसी चितवन), स्टेफेन बिनोङ (बुटवल लुम्बिनी)