
काठमाडौं। मौद्रिक नीतिमा लचकताको प्रभाव सेयर बजारमा देखिएको छ। सेयर बजार आधा घण्टामै ९२.७३ अंकले बढेको छ।
बजार खुलेको पहिलो पाँच मिनेटमै ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि कारोबार स्थगित भएकामा त्यसपछि पनि बढ्ने क्रमले निरन्तरता पाएको छ।
पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५ प्रतिशत पुगेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ। ११ बजेर २७ मिनेट जाँदा बजार ५ प्रतिशतले बढेको थियो। नेप्से १९४५.५१ बिन्दुमा पुगेको छ।

जलविद्युत समूहमा बढी उछाल आएको छ। यो उपसमूह ७.१३ प्रतिशतले बढेको छ। २११ कम्पनीको सेयर मूल्य बढेकामा हिमालयन हाइड्रोपावर सहित तीन कम्पनीको सेयर मूल्य सर्किट लागेर उकालो लागेको छ। जम्मा ७ मिनेटको कारोबारमा २९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारेको थियो। यस्तै नीतिगत दरहरु पनि घटाएको थियो।