नेपाल टस जितेर फिल्डिङमा, अफगानिस्तानविरुद्ध कोको छन् नेपालको प्लेइङ ११ मा?

बिजमाण्डू
२०८० मंसिर २४ गते ११:१३ | Dec 10, 2023
नेपाल टस जितेर फिल्डिङमा, अफगानिस्तानविरुद्ध कोको छन् नेपालको प्लेइङ ११ मा?


काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसीसी) यू १९ एसिया कपमा नेपालले अफगानिस्तानविरुद्ध सुरुवाती फिल्डिङ गर्ने भएको छ। युएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर फिल्डिङ रोजेका हुन्।

Tata
GBIME
NLIC

समूह ‘ए’ मा रहेका अफगानिस्तान र नेपाल दुबैको यो दोस्रो खेल हो।

नेपालले यसअघिको खेलमा पाकिस्तानसँग ७ विकेटको हार ब्यहोरेको थियो। त्यस्तै अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो।

प्रतियोगितामा सुखद सुरुवात गरेका भारत र पाकिस्तान पनि आजै प्रतिस्पर्धामा उत्रँदैछन्।

यू १९ एसिया कपमा ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल छन्। त्यस्तै समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।

 समूह ‘ए’ मा भारत र पाकिस्तान समान २ अंक जोडेर शीर्ष दुईमा छन् भने अंकविहीन अफगानिस्तान र नेपाल तालिकाको पुछारमा छन्।

अघिल्लो खेल खेलेका तिलक भण्डारी र विशाल विक्रम केसी बेन्चमा रहँदा दीपक बोहोरा र हेमन्त धामीले टिममा स्थान बनाएका छन्।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, विपिन रावल, हेमन्त धामी, दिपेश कँडेल, आकाश चन्द, सुवास भण्डारी, दीपक बोहोरा, गुल्सन झा, उत्तम थापा मगर