
काठमाडौं। साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेको छ।
आर्थिक वर्ष २०७९/८० को नाफाबाट लघुवित्तले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र लाभांश कर प्रयोजनलाई ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
आइतबार बिहान बसेको लघुवित्तको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको थियो। लघुवित्तले अघिल्लो वर्ष २६ प्रतिशत बोनस सेयर र १.३५ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश दिएको थियो।