बैंक दर र नीतिगत दर घट्यो, बजार ब्याज दर थप घटाउन दबाब, समीक्षाबाट लचकता

बिजमाण्डू
२०८० मंसिर २२ गते ११:०३ | Dec 8, 2023

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक दर र नीतिगत दरहरु घटाएको छ।

Tata
GBIME
NLIC

 राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षा अनुसार बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ।

नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले ब्याज दर घटाउन पहल गरेको हो।