इलेक्ट्रिक भर्सनमा कमब्याक गर्दै उत्पादन बन्द भएको टाटा सुमो, फूल चार्ज रेन्ज ५०० किमि

बिजमाण्डू
२०८० मंसिर २२ गते ०८:१४ | Dec 8, 2023
इलेक्ट्रिक भर्सनमा कमब्याक गर्दै उत्पादन बन्द भएको टाटा सुमो, फूल चार्ज रेन्ज ५०० किमि


काठमाडौं । टाटा मोटर्सले पहाडी भेगका लागि अति मनपराइएको सुमोलाई पनि इभी भर्सनमा ल्याउने तयारी गरेको छ। केही वर्षयता उत्पादन बन्द हुँदै आएको सुमोलाई टाटा मोटर्सले अब भने विद्युती भर्सनमा ल्याएर ‘कम्ब्याक’ गराउन लागेको हो।

Tata
GBIME
NLIC

इलेक्ट्रिक कार उत्पादनमा आक्रामक देखिएको टाटाले सुमो सहित अन्य कमर्सियल भेहिकललाई पनि इभी तथा हाइड्रोजन फ्युलमा ल्याउने तयारी गरिरहेको छ।

टाटा सुमो इभीलाई कम्पनीले निकट भविष्यमा सार्वजनिक गर्ने तयारी भइरहेको ह्यारियर र सफारी इभीमा जस्तै ठूलो आकारको टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको नयाँ टू–स्पोक स्टेरिङ ह्वील दिन सक्ने आंकलन गरिएको छ ।

सुमो इभीले एक पटकको फूल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ। तर यसमा कुन साइजको ब्याट्री र कति क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा कम्पनीले अहिले कुनै जानकारी बाहिर ल्याइसकेको छैन।

इलेक्ट्रिक एसयुभीले टाटाकै इन्धन इन्जिन भएको गाडीको भन्दा बढी प्रिमियम अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। अल-एलईडी लाइट, डेटाइम रनिङ लाइट्स (डीआरएल) र आकर्षक क्रसओभर लुकको साथ सुमो इभी रेन्डरले सडकहरूमा बोल्ड डिजाइनको शो-केस गर्ने लक्ष्य राखेको छ।

टाटा सुमोले १९९४ मा लन्च भएको थियो। लगभग २५ वर्षसम्म यसले भारतमा राज गर्दै आएको छ। बलियो बडी, अफ-रोडिङ क्षमता र कम मर्मत लागतको लागि परिचित यो गाडी यति लोकप्रिय भयो कि सुरुवाती तीन वर्ष भित्र १ लाख युनिट बिक्री भयो। यसको उत्पादन घट्दो मागको कारणले २०१९ मा बन्द भएको थियो।