भारतमा रोयल इनफिल्डको सेकेन्ड ह्यान्ड बाइक बिक्री गर्न संचालनमा ल्याइयो छुट्टै नयाँ कम्पनी 

बिजमाण्डू
२०८० मंसिर २२ गते ०७:५३ | Dec 8, 2023
भारतमा रोयल इनफिल्डको सेकेन्ड ह्यान्ड बाइक बिक्री गर्न संचालनमा ल्याइयो छुट्टै नयाँ कम्पनी 


काठमाडौं । रोयल इनफिल्डले भारतमा आफ्नो ब्राण्डको सेकेन्ड ह्यान्ड बाइक बिक्री गर्न छुट्टै नयाँ कम्पनी संचालनमा ल्याएको छ। कम्पनीले ‘रिओन’ नाम गरेको छुट्टै नयाँ कम्पनी संचालन गरेको हो। सो कम्पनीले नै अब भारतमा रोयल इनफिल्डको सेकेन्ड ह्यान्ड बाइक बिक्री गर्नेछ। 

Tata
GBIME
NLIC

कम्पनीका अनुसार अहिले यो नयाँ कम्पनीले मुम्बई, दिल्ली, कोलकत्ता, बैङ्गलोर र चेन्नईमा आफ्नो सेवा उपलब्ध गराउनेछ।

रोयल इनफिल्डको सेकेन्ड ह्यान्ड बाइकमा राइडरको आकर्षण बढिरहेको अवस्थालाई मध्यनजर गरि नयाँ कम्पनी खडा गरिएको कम्पनीका सिईओ गोविन्द राजनले बताएका छन्। नयाँ बाइक बिक्री गर्न खुलेका सोरुम जस्तै देखिने सुविधासम्पन्न आउलेटमार्फत पुराना मोटरसाइकल पनि बिक्री गरिने उनले बताएका छन्। नेपालमा पनि यस्ता कम्पनीहरु गाडी बिक्रेताले संचालनमा ल्याएका छन्।

नयाँमा जस्तै पुराना बाइक खरिद गर्ने ग्राहकले पनि वारेन्टी र नि:शुल्क सर्भिसको सुविधा पाउनेछन्।

गोविन्द राजनका अनुसार यसरी बिक्री हुने बाइकलाई कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टरमा सर्भिसिङ गराएर कन्डिसनमा राख्नेछ।