
स्पेनका ८३ वटा मिडिया आउटलेटहरुले मेटाविरुद्ध मुद्दा दर्ता गरेका छन्। ५९८ मिलियन अमेरिकी डलर (करिब ८० अर्ब नेपाली रुपैयाँ) क्षतिपूर्ति दाबी गर्दै उनीहरु अदालत पुगेका हुन्।
फेसबुक र इनस्टाग्रामको पेरेन्ट कम्पनी मेटाले विज्ञापन बजारमा अनुचित प्रतिस्पर्धा सिर्जना गरेको ती मिडियाको आरोप छ।
मुद्दा दर्ता गर्ने एएमआइ समाचारपत्रले मेटाले फेसबुक, इनस्टाग्राम र ह्वाट्सएप प्रयोगकर्ताहरुको ‘डेटा’ अत्याधिक रुपमा प्रयोग गरेको दाबी गरेको छ। जसले गर्दा व्यक्तिगत विज्ञापनहरू ‘डिजाइन’ गरेर अनुचित लाभ प्राप्त गर्ने क्रम बढेको र त्यसले विज्ञापन बजारमा अनुचित प्रतिस्पर्धा बढेको भनिएको छ।
मुद्दा दर्ता गर्नेमा स्पेनको एल पेइस र भोसेन्टो समाचारपत्र प्रकाशन गर्ने कम्पनी प्रिसा, एबीसीसँगै अन्य निजी मिडिया कम्पनी छन्। उनीहरुले सहमति बिना मेटाले व्यक्तिगत डेटाको प्रयोग गरेर विज्ञापनहरु राख्ने गरेको आरोप लगाएका छन्।