हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, अघिल्लो वर्षभन्दा घट्यो प्रतिफल

बिजमाण्डू
२०८० मंसिर १८ गते १०:४७ | Dec 4, 2023
हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, अघिल्लो वर्षभन्दा घट्यो प्रतिफल


काठमाडौं। हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ। १० प्रतिशत बोनस सेयर र र १५ प्रतिशत लाभांश करसमेत गरेर नगद लाभांश दिने भएको छ। आर्थिक वर्ष २०७९/८० को नाफा र सञ्चित नाफाबाट कम्पनीले लाभांश दिने जनाएको छ।

Tata
GBIME
NLIC

अघिल्लो वर्ष कम्पनीले ७० प्रतिशत लाभांश दिएको थियो। जसमध्ये ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो।

आइतबार बसेको कम्पनीको संचालक समिति बैठकले पुस १३ गते बुक क्लोज मिति तोकेको छ।