
आफ्नो बैंक अकाउन्टमा ठूलो अमाउन्टको रकम डिपोजिट भएको देखेपछि मलेसियन नागरिक हफिद्जाह अब्दुल्लाह दंग परिन्। मलेसियाको सबैभन्दा ठूलो बैंक मेबैंकमा रहेको अब्दुल्लाहको पर्सनल चेकिङ अकाउन्टमा एकाएक ४०४,०४०,४०४.०४ मलेसियन रिंगिट अर्थात करिब ११ अर्ब ५२ करोड ३७ लाख ९४ हजार रुपैयाँ (करिब ८६.४६ मिलियन अमेरिकी डलर) डिपोजिट भएको देखिएको थियो।
मलेसियाको औसत घरपरिवारको आम्दानी प्रति वर्ष करिब २२,००० अमेरिकी डलर अर्थात करिब २९ लाख ३२ हजार रुपैयाँ रहेकाले पनि यो घटनाले विशेष महत्व राख्छ।
प्राविधिक गढबढीप्रति मेबैंकको प्रतिक्रिया
अप्रत्याशित रुपमा ठूलो परिमाणको रकम डिपोजिट भएपछि अब्दुल्लाहको बैंक खाता कुनै पूर्व सूचनाबिना मेबैंकले फ्रिज गरेको थियो। बैंकको यो कदमले अब्दुल्लाहलाई निकै चिढ्यायो। अचानक खाता ब्लक हुँदा परेको असुविधाबारे उल्लेख गर्दै उनले लिंक्डइनमा बैंकको ग्राहक सेवासँग आफ्नो निराशा व्यक्त गरिन्।
उनको पोस्टको प्रतिक्रिया स्वरुप मेबैंकका ग्रुप कस्टोमर एक्सपेरियन्स प्रमुख शेख मुनिर अहमदले अब्दुल्लाहलाई आफ्नो खातामा पुनः पहुँच दिएका थिए।
यस प्रकारको घटना यो पहिलो होइन
यस्तै खालको घटना अमेरिकामा २०१९ मा भएको थियो। त्यतिबेला ट्रिस्ट बैंकले एक दप्पत्तिको खातामा गल्तीले १ लाख २० हजार डलर अर्थात करिब १ करोड ५९ लाख ९३ हजार रुपैयाँ जम्मा गरेको थियो।
तर, ती दम्पत्तिले दुई हप्ताभित्र उक्त सकै रकम खर्च गरेका थिए। पछि उनीले चोरी तथा चोरीको धन प्राप्त गरेको आरोपमा मुद्दाको सामना गर्नुपर्यो। जसमा अदालतले उक्त रकम फिर्ता गर्न आदेश दिएको थियो।