नेप्सेमा २.१७ अंकको गिरावट, जलविद्युत र होटल क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण

बिजमाण्डू
२०८० मंसिर १२ गते १५:५७ | Nov 28, 2023
नेप्सेमा २.१७ अंकको गिरावट, जलविद्युत र होटल क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण


काठमाडौं। सेयर बजार परिसूचक मंगलबार उतारचढावकाबीच २.१७ अंकले घटेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले घटेको छ।

Tata
GBIME
NLIC

१८९६.४० बिन्दुमा खुलेको बजार कारोबार सुरु भएको ५० मिनेटमा बढेर १९०२ बिन्दुमा पुगेको थियो। तर वृद्धि टिक्न सकेन। त्यसको डेढ घण्टामा बजार तल झर्‍यो। बिक्रेता हावी हुँदा अपराह्‍न सवा १ बजे नेप्से १८८५ अंकमा ओर्लियो। त्यसपछि बजार फेरि उकालो लाग्यो। बढेर १९०२ बिन्दुमा पुगेको नेप्से अन्तिममा १८९४.५३ बिन्दु कायम भयो।

बजारमा जलविद्युत र होटल क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। नेप्से घटेपनि बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ। यसका लगानीकर्ताले प्रति कित्ता ३५ रुपैयाँ कमाएका छन्।

यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ८.९२ प्रतिशतले बढेको छ। तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ८.२४ प्रतिशत अर्थात एक कित्ता बराबर ६३ रुपैयाँले बढेको छ।

दिनभरमा १ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सोनापुर मिनरल्सको मात्रै ८ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै सोल्टी होटलको सेयरमा पनि लगानीकर्ता झुम्मिएका छन्। यस कम्पनीको ६ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।