निर्माण सामग्री तथा हार्डवेयर बेच्ने स्टिल उड इन्टरप्राइजेजको व्यापार ३५% घटेर १.३२ अर्बमा सीमित

बिजमाण्डू
२०८० मंसिर १२ गते १५:११ | Nov 28, 2023
निर्माण सामग्री तथा हार्डवेयर बेच्ने स्टिल उड इन्टरप्राइजेजको व्यापार ३५% घटेर १.३२ अर्बमा सीमित


काठमाडौं। निर्माण सामग्री तथा हार्डवेयरका सामान बिक्री गर्ने स्टिल उड इन्टरप्राइजेज प्रालिको कारोबार ३५ प्रतिशतले घटेको छ। घरजग्गा बजारमा देखिएको मन्दीको प्रत्यक्ष मार कम्पनीको कारोबारमा देखिएको छ।

Tata
GBIME
NLIC

रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार कम्पनीले २०२२/२३ मा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। जबकि अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले २ अर्बमाथिको व्यापार गरेको थियो। २०२०/२१ मा पनि कम्पनीको व्यापार २ अर्ब रुपैयाँ नाघेको थियो।

सुनिलकुमार रुंगटा र अनोज रुंगटाको सेयर स्वामित्व रहेको कम्पनी सन् २०१० अघि जगदम्बा बिक्री केन्द्रको नाममा संचालनमा थियो।

कम्पनीले ९० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ३६ करोड २६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन बी प्लस र ५३ करोड ७३ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन एफोर रेटिङ पाएको छ।