अमेरिकामा इलेक्ट्रिक गाडीको बिक्रीमा रेकर्ड, एक वर्षमा बिक्यो १० लाख बढी इभी

बिजमाण्डू
२०८० मंसिर १२ गते १४:२१ | Nov 28, 2023
अमेरिकामा इलेक्ट्रिक गाडीको बिक्रीमा रेकर्ड, एक वर्षमा बिक्यो १० लाख बढी इभी


अमेरिकामा इलेक्ट्रिक भेहिकल (इभी)को बिक्रीले यो वर्ष (सन् २०२३) रेकर्ड बनाउने पक्का छ। गत वर्ष ७.३ प्रतिशत इभी बिक्री भएकोमा यो वर्ष ९ प्रतिशत बिक्री भएको एट्लास पब्लिक पोलिसीले जनाएको छ।

Tata
GBIME
NLIC

पहिलोपटक यो वर्ष अमेरिकामा १० लाखभन्दा बढी इभी गाडी बिक्री भएको हो। सन् २०२३ को अन्तिमसम्ममा १३ देखि १४ लाख इभी गाडी बिक्री हुने प्रक्षेपण गरिएको छ। यद्यपि, इभी गाडी बिक्रीको सवालमा अमेरिका चीन, जर्मनी र नर्वेभन्दा अझै पछि नै छ।

सन् २०२३ मा चीनमा ३३ प्रतिशत, जर्मनीमा ३५ प्रतिशत र नर्वेमा ९० प्रतिशत इभी गाडी बिक्री भएको छ। यो संख्यामा ब्याट्रीबाट चल्ने इभी र प्लग-इन हाइब्रिड इभी दुवै संलग्न छ।

ती देशमा ‘प्लग-इन’ गाडी खरिद गर्नका लागि सरकारले विभिन्न सुविधा दिइरहेका छन्। त्यसकारण पनि ती गाडी खरिदमा मानिसको चासो बढेको हो। यस्तै, इभी गाडीहरुको मूल्य घटेका कारण पनि बिक्री बढेको हो।