भूकम्प पीडितका लागि पर्यटन क्षेत्रबाट ३० लाख बराबरको सहयोग, हानले दियो साढे १५ लाख

बिजमाण्डू
२०८० मंसिर १२ गते १४:२१ | Nov 28, 2023
भूकम्प पीडितका लागि पर्यटन क्षेत्रबाट ३० लाख बराबरको सहयोग, हानले दियो साढे १५ लाख
भूकम्प पीडितका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई राहत रकम बुझाउँदै पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि


काठमाडौं। भूकम्प पीडितका लागि पर्यटन क्षेत्रले ३० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुको सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहयोग रकम बुझाएको छ।

Tata
GBIME
NLIC

होटल संघ नेपालले १५ लाख ५६ हजार रुपैयाँ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। पर्यटन सम्बद्ध संस्थाहरुले साढे १४ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्।         

होटल हिमालयले ५ लाख रुपैयाँ बराबरको ५०० थान एक्रिलिक पन्चु र १५ थान लाइभ सेभर वाटर फिल्टर, स्कल नेपालले ५ लाख रुपैयाँ बराबरको २४० थान ब्ल्यांकेट, १०० थान स्लिपिङ व्याग, ५ थान ह्विल चियर, ५ थान स्ट्रेचर र २० थान प्रोटेक्टिभ सुट सहयोग गरेका छन्।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपाल लगायत पर्यटन सम्वद्ध संस्थाले पनि राहत सामग्री उपलब्ध गराएको संघले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

सहयोग रकम हस्तान्तरणका क्रममा संघका अध्यक्ष विनायक शाहले भूकम्प प्रभावित परिवारका लागि पर्यटन सम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने बताएका थिए।