
नवलपरासी। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने ठोकुवा गरेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सोमबार सभापति देउवाले धर्मनिरपेक्षताबारे सल्लाह गर्न सकिने बताए।
‘पूर्वराजा फर्कने कुरा छैन, संविधान सभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन,’ देउवाले भने, ‘अरु विषयमा सोच्नुपर्ने भएको छ। धर्मनिरपेक्ष भनेका छन्। कोही के भनिरहेका छन्। यसबारेमा सोच्न सकिन्छ।’
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए।