नेटा भी बिक्रेता सीजी मोटर्सले थप तीनवटा शोरुम खोल्यो, चार्जिङ सुविधा ५० ठाउँमा थप्ने

बिजमाण्डू
२०८० मंसिर ११ गते १३:२६ | Nov 27, 2023
नेटा भी बिक्रेता सीजी मोटर्सले थप तीनवटा शोरुम खोल्यो, चार्जिङ सुविधा ५० ठाउँमा थप्ने


काठमाडौं। सीजी मोटर्सले थप तीनवटा शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले वीरगन्ज, बिर्तामोड र धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
NLIC

वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट, बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर र धनगढीमा ब्रम्हा मोटर्सले डिलरसिप लिएर शोरुम सञ्चालनमा ल्याएको सीजी मोटर्सले जनाएको छ। ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानमा सर्भिस स्टेसन पनि छिटै नै सञ्चालनमा ल्याउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सीजी मोटर्स विद्युतीय गाडी नेटा भी, ११ सिटर सीजी केवाइसी भ्यान, १४ र १९ सिटर किलोङ भ्यानको अधिकारिक बिक्रेता हो। कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरामा शोरुम खोलेको थियो।

अब चाँडै नै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल र कोहलपुर मा बिस्तारित नयाँ शोरुमसहित सर्भिस सुविधा उपलब्ध गराउने कमम्पनीले जनाएको छ। थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ। उसले अहिले ५० भन्दा धेरै ठाउँमा चार्जिङ सेवा दिंदै आएको छ।